• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायिक समितिमा न्यून मुद्दा

64x64
रासस बुधबार, चैत ८, २०७९  ०८:४२
1140x725

ढोरपाटन– अहिले पनि बागलुङका दूरदराजबाट नागरिक सामान्य किसिमका मुद्दा लिएर अदातलमा पुग्ने गरेका छन्। स्थानीय सरकार स्थापनापछि गाउँपालिका तथा नगरपालिकामै न्यायिक समिति बने पनि न्याय माग्न कम आउने गरेका छन्।

स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ। गठित न्यायिक समितिले सर्वसाधारणको विश्वास लिन नसक्दा न्याय माग्न आउनेको सङ्ख्या न्यून रहेको हो।

कानुनी अज्ञानताले न्यायिक समिति नाममात्रको छ। इजलास सञ्चालनका लागि कतिपय स्थानीय तहमा आवश्यक सामग्रीसमेत उपलब्ध छैनन्। न्यायिक समितिमा सर्वसाधारणको विश्वास नहुँदा मुद्दा पनि नआउने गरेको पाइएको छ। स्थानीय सरकारको एक कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल सुरु हुँदा पनि पालिकामा न्याय माग्न आउने कमै छन्।

जिल्लाको तमानखोला गाउँपालिकामा रहेको न्यायिक समितिमा न्यून मुद्दा आएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक हीराकुमारी छन्त्यालले बताइन्। चालू आर्थिक वर्षमा यस पालिकामा हालसम्म जम्मा चारवटा मुद्दा आएको उपाध्यक्ष छन्त्यालको भनाइ छ।

उनले दुईवटा मुद्दा आफूहरूको कार्यक्षेत्रभन्दा बाहिरका आएकाले अदालतमा पठाएको र त्यसबाहेक सीमा र सामुदायिक वनको विषय आए पनि खासै ठूला विवादको रूपमा नआएको बताइन्। उनी भन्छिन्, ‘यहाँ धेरै मुद्दा आएका छैनन्, केही मुद्दा आएका थिए, ती मुद्दा श्रीमान्–श्रीमतीबीच भएका मनमुटावका थिए, सबै मुद्दा मिलाएर पठायौं।’

अदालतमा पनि तमानखोलाको घटना कम भएको छन्त्यालले बताइन्। यहाँ ठूलै प्रकृतिका अपराधसम्बन्धी घटना हुँदाबाहेक मानिस न्यायिक समिति र अदालत तथा प्रहरीकोमा नपुग्ने गरेको बुझाइ छ। न्यायिक समितिको काम कारबाहीबारे थाहा नभएका कारण पनि कैयौं घटना त्यत्तिकै सेलाउने गरेको स्थानीयको बुझाइ छ।

बडिगाड गाउँपालिकामा चालू वर्षको हालसम्म छवटा मुद्दा परेकामा तीन फछ्र्योट गरिसकेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए। खासगरी बडिगाडमा जग्गाको सिमानासम्बन्धी मुद्दा र घरेलु झगडासम्बन्धी मुद्दा आउने गरेको उनको भनाइ छ। न्यायिक समितिमा आएका मुद्दा मेलमिलाप गरेर समाधान गर्नुका साथै न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने मुद्दा प्रहरीकहाँ पठाउने उनले बताए।

ताराखोला गाउँपालिकाले पालिकामा मात्रै नभई वडास्तरबाटै न्याय निरुपण गर्ने गरी मेलमिलाप केन्द्र स्थापना गरेर न्याय दिइरहेको उपाध्यक्ष भीमबहादुर रोकामगरले बताए। उनले सकेसम्म वडामै विवाद मिलाउने, वडामा नमिले पालिकामा र पालिकामा मिल्न नसकेमात्रै अदलत पठाउने गरेको सुनाए। 

Ncell 2
Ncell 2

उनले भने, ‘घरायसी झगडाले श्रीमान्–श्रीमती सम्बन्धविच्छेदका लागि यहाँ आउँछन्, त्यो अधिकार संविधानले हामीलाई दिएको छैन, अरु साना मुद्दा हाम्रो क्षेत्राधिकारभित्र रहेर हेर्न मिल्ने मुद्दा हेरिरहेका छौं, सकेसम्म सामान्य मुद्दालाई अदालतसम्म नपुर्‍याउने गरी हामी नै मिलाउने कोसिस गर्छौं।’

जिल्लाको ढोरपाटन नगरपालिका, काठेखोला, निसीखोला, बरेङ गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका न्यायिक समितिमा मुद्दा निकै कम आएको पाइएको छ। अधिकांश न्यायिक समितिमा घरखेत, साँध तथा झैझगडाका मुद्दा पर्ने गरेको बताइएको छ।

नेपालको संविधान २०७२ को भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा (१) मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ।

अधिवक्ता राम शर्माले स्थानीय पालिकाबाट न्याय पाइन्छ भन्ने स्थानीयलाई ज्ञान नभएको हुँदा अधिकांश मुद्दा अदालतमै पुग्ने गरेको बताए। पालिकामा कानुन अधिकृत नभएको र धेरै पालिकामा कानुन पढेकाभन्दा अन्य विषय पढेका जनप्रतिनिधि भएको शर्माको भनाइ छ। पालिकाले सहज न्याय निरुपणका लागि कानुनी सल्लाहकार राख्न जरुरी रहेको उनको भनाइ छ।

घरेलु झगडा, कुलो पानी, साँधसधियारको झगडा, समान्य खालका विवाद, बाटो कुलो, खानेपानीसम्बन्धी मुद्दा पनि न्यायिक समितिमा नपरी अदालत आउने गरेको उनी बताउँछन्। अधिवक्ता शर्मा भन्छन्, ‘अहिले पनि धेरैजसो नागरिकलाई सामान्य मुद्दाका लागि अदालत नै जानुपर्छ भन्ने मान्यता छ, पालिकाले न्यायिक समितिबाट न्याय दिलाउन सकिन्छ भन्ने प्रचार गर्न सकेनन्, त्यसले गर्दा न्यायिक समितिमा मुद्दा कम देखिएको पाइन्छ।’

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्न लागेको हो । शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको... शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्