काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको रिक्त तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही चैत्र १२ गतेसम्मको समय उपलब्ध गराएको छ।
मंगलबार आयोगले सूचना जारी गर्दै दल दर्ताका लागि आह्वान गरेको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए।
यस्तै बारा–२ बाट जसपाका रामसहाय यादव निर्वाचित भएका थिए। तर पौडेल राष्ट्रपतिमा र यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी दुई क्षेत्र रिक्त भएका छन्।
सोही कारण आयोगले यी दुई क्षेत्रमा उपनिर्वाचन गराउन लागेको हो। यस्तै नागरिकता प्रकरणमा दोषी भएर सांसद पद खारेज भएका रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।