काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले १० दलीय सत्ता-गठबन्धनलाई मिलाएर सरकार चलाउने जिम्मा नेपाली कांग्रेसको रहने बताएका छन्। नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको गिरिजाप्रसाद स्मृति दिवसको कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्।
आफूहरु छिट्टै सरकारमा जाने र आसन्न सरकारबाट राम्रो काम गर्नेमा कोइरालाले विश्वास पनि व्यक्त गरेका छन्।
‘केही दिनमै हामी सरकारमा जाँदैछौँ। हामीलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ। कुनै किसिमको गल्ती-कमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रुपले लिएको छ। सरकार प्रचण्डजीको नेतृत्वमा छ, जसमा १० वटा दल छन्,’ कोइरालाले भने, ‘१० वटै दललाई सम्हालेर अगाडि बढ्ने काम नेपाली कांग्रेसको हो। यो सरकारलाई राम्ररी चलाएर अगाडि बढ्न सक्छौँ भन्ने विश्वास हामीले लिएका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।