काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संक्रमणकालीन न्यायको विषयलाई मुख्य दलहरु एक ठाउँमा आएर टुङ्ग्याउन आह्वान गरेका छन्। नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको गिरिजाप्रसाद स्मृति दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त आग्रह गरेका हुन्।
‘शान्ति प्रक्रियाको खास गरी संक्रमणकालीन न्यायसँग जोडिएका केही विषय छन्, त्यस विषयहरुमा हामी एकदम प्रष्ट हुनुपर्छ। यो विषय हामी सबैको विषय हो। नेपाली कांग्रेसले यसलाई सुरुवात गरेको भन्छौँ भने यसलाई टुङ्ग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो। शान्ति प्रकियामा सहभागी भएका राजनीतिक दलहरु नेकपा एमाले होस् वा अर्को पक्ष माओवादी यो हामी सबैको सामूहिक जिम्मेवारी हो,’ थापाले भने, ‘म त एमालेलाई पनि आग्रह गर्छु, यो बेला यो-त्यो नभनी सबै एक ठाउँमा आएर यो विषयलाई टुङ्ग्याउनु पर्नेछ।’
महामन्त्री थापाले शान्ति प्रक्रियाको बाँकी रहेको उक्त काम पूरा गरे मात्र गिरिजाप्रसाद कोइरालाको सपना पूरा हुने पनि बताएका छन्।
‘हामीले गिरिजाप्रसाद मान्ने तर शान्ति प्रक्रियाका बाँकी काम पूरा गरनौँ भने अपूरो हुन्छ,’ थापाले भने, ‘तर अहिले हामी त्यसलाई टुङ्ग्याउने क्रममा छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।