• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चसम्म पुगेको जर्मन र नेपाली नागरिकबीचको समलिंगी विवाहः भिसाका लागि नियमावली संशोधन गर्न निर्देशन

विवाह दर्ता अझै अन्योल, ‘गैरपर्यटकीय भिसाका लागि नरोक्नु’
64x64
नारायण अधिकारी मंगलबार, चैत ७, २०७९  १६:१५
1140x725

काठमाडौं- दुई समलिंगीबीच विवाह भए पनि त्यसले कानुनी मान्यता पाउने प्रक्रिया अझै अन्योलमा रहेको पाइएको छ। एक नेपाली र जर्मन नागरिकबीच भएको समंलिगी विवाह दर्ता नभएपछि उक्त केस सर्वोच्च अदालतसम्म पुगेको थियो।

तर, सर्वोच्च अदालतले पनि विवाह दर्ताको पाटोलाई भने निराकण गर्न सकेको छैन। विवाह दर्ता नै नबने पनि उनीहरुलाई दम्पतीको रुपमा ग्रहण गर्नुपर्ने र त्यसबाट पाउने सुविधाहरु नरोक्न सर्वोच्चले आदेश दिएको छ। 

समलिंगी विवाह भए पनि वडा कार्यालयले विवाह दर्ता नगरिदिएको र गैरपर्यटकीय भिसासमेत नपाएको भन्दै एक समलिंगी दम्पती सर्वोच्च अदालतसम्म पुगेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र टंकबहादुर मोक्तानको इजलासले उक्त मुद्दाको फैसला गर्दै विवाह दर्ता अहिले पनि प्रक्रियामै रहेकाले दर्ता नहुने तर गैरपर्यटकीय भिसा भने पाउने भन्दै फैसला गरेको हो। गत पुस ४ गते भएको उक्त फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ।  

काठमाडौं महानगरपालिका–११ का अधिप पोखरेल र सी४जेसीएलएनएफ५एल राहदानी वाहक जर्मन नागरिक टोबिस भोल्जबीच २०७५ कात्तिक २ गते समलिंगी विवाह भएको थियो। उनीहरुबीचको समलिंगी विवाह जर्मन कानुन अनुसार जर्मनीमा दर्ता समेत भयो। जर्मनी विवाह दर्ता प्रमाणपत्र अनुसार ई३७÷२०१८ उनीहरुको विवाह दर्ता नम्बर हो। 

जर्मनीको विवाह दर्ता पेस गर्दै जर्मन नागरिक टोबिसले गत साउन ३ गते अध्यागन विभागमा गैरपर्यटकीय भिसाका लागि आवेदन दिएका थिए। तर अध्यागमन विभागले भने नेपाली विवाह दर्ता नै नभएकाले उक्त भिसाको आवेदन नै लिएन। 

त्यसपछि उनीहरु काठमाडौं महानगरपालिका–११ को वडा कार्यालयमा पुगेर विवाह दर्ता प्रमाणपत्र बनाउन खोजेका थिए। वडा कार्यालयले पनि समलिंगी विवाह दर्ताको प्रावधान नै नभएको भन्दै उनीहरुलाई फर्काइदिएको थियो। 

त्यसपछि यो केस सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्च अदालतले पनि विवाह दर्ताले भने अहिलेसम्म कानुनी मान्यता नपाइसकेको भन्दै अन्य गैरपर्यटकीय भिसा भने दिनुपर्ने फैसला गरेको छ।

बेलायत, क्यानाडा लगायतका विभिन्न देशको उदाहरण दिँदै सर्वोच्चले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पूर्णपाठमा औंल्याएको छ। यसअघि सुमन पन्तको मुद्दामा समेत समलिंगी विवाह हुन सक्ने भन्ने मान्यता स्वीकार भएको, समलिंगी विवाह अध्ययन गर्न गठित समितिले समेत विवाहलाई मान्यता दिनुपर्ने सुझाव दिइसकेको आधार, कारण देखाउँदै सर्वोच्च अदालतले जर्मन नागरिक टोबिसलाई गैरपर्यटकीय भिसा दिन निर्देशन दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि यस्तै प्रकृतिको मुद्दाको फैसलामा पनि गैरपर्यटकीय भिसा दिन सर्वोच्चले फैसला गरेको थियो। नेपाली नागरिक सुमन पन्तले अमेरिकी नागरिक लेस्ली लुइससँग सन् २०१५ डिसेम्बर ८ मा समलिंगी विवाह गरेका थिए। अध्यागनले लेस्लीलाई गैरपर्यटकीय भिसा नदिएपछि उनीहरु पनि सर्वोच्चसम्म पुगेका थिए। सर्वोच्चले लेस्सीलाई गैरपर्यटकीय भिसा दिन निर्देशन दिएको थियो। 

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेपाली नागरिकसँग दाम्पत्य सम्बन्ध कायम रहेका विदेशी व्यक्तिले गैरपर्यटकीय भिसा प्राप्त गर्ने कुरा सो समुदायका व्यक्तिको पहिचान तथा सम्मानसँग जोडिने हुँदा परम्परागत महिला वा पुरुष नागरिकको विदेशी विवाहित साथीलाई गैरपर्यटकीय भिसा दिन मिल्ने तर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिका विदेशी विवाहित साथीलाई भने उक्त सुविधा दिन नसक्ने भन्नु मानवअधिकार सम्बन्धी कानुन, नेपालको संविधान, अध्यागमन ऐन र अध्यागमन नियमावली विपरीत हुने भएकाले गैरपर्यटकीय भिसा दिनुपर्ने सर्वोच्चले उल्लेख गरेको छ। 

२०६४ पुस ६ गते सर्वोच्च अदालतको आदेशपछि सरकारले २०६६ वैशाखामा डा लक्ष्मीराज पाठकको संयोजकत्वमा समलिंगी विवाहबारे अध्ययन गर्न समिति गठन गरेको थियो। उक्त समितिले २०७१ सालमा तत्कालीन मुख्यसचिव लिलामणि पौडेलसमक्ष प्रतिवेदनसमेत बुझाएको थियो। उक्त प्रतिवेदनमा समलिंगी विवाहलाई मान्यता दिनुपर्ने बताए पनि अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन। 

समितिले दिएको सुझाव अहिलेसम्म कार्यान्वयन नभई विचाराधीन अवस्थामा रहेकाले विवाह दर्ता हुन नसके पनि विवाह दर्ताका लागि आवश्यक पर्ने कागजातहरु पेस गरेको अवस्थामा टोबिसले गैरपर्यटकीय भिसा पाउनुपर्ने फैसलामा उल्लेख छ। 

Xtrem

Xtrem

समलिंगी भिसाका लागि नियमावली संशोधन गर्न सर्वोच्चको निर्देशन
सुमन पन्तको मुद्दामा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको थिएन। तर यो मुद्दामा भने सर्वोच्चले निर्देशनात्मक आदेशसमेत जारी गरेको छ। समलिंगी दम्पतीको हकहितको रक्षा गर्नुपर्ने भन्दै अध्यागमनलाई निर्देशनात्मक आदेश जारी गरेको छ। 

नेपाली नागरिकसँग दाम्पत्य कायम गरेका समलैंगिक व्यक्तिले गैरपर्यटकीय भिसा प्राप्त गर्ने कार्यविधिमा अध्यागमन नियमावली, २०५१ को अनसूची–२ क को बुँदा नम्बर ११ को पति, पत्नी भनी विवरण भर्नुपर्ने व्यवस्था अवरोधको रुपमा रहेकोले संशोधन गरेर हटाउन सर्वोच्चले निर्देशनात्मक आदेशसमेत जारी गरेको छ। 

‘लैगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको पहिचान, सम्मान, विवाह तथा निर्बाध रुपमा पारिवारिक जीवन सञ्चालन गर्न पाउनुपर्ने हकको उपभोगलाई निस्तेज पार्न सक्ने उच्च जोखिम हुने भएकाले उक्त बुँदा नम्बर ११ मा आवश्यक संशोधन गरी भविष्यमा उक्त समुदायको नेपाली नागरिकसँग दाम्पत्य सम्बन्ध कायम गर्ने विदेशी नागरिकलाई गैरपर्यटकीय भिसा प्राप्त गर्न सहज हुने प्रबन्ध गराउनु,’ पूर्णपाठमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना “हालसम्म चुमनुब्रि गापा–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन छन्,” प्राधिकरणले जारी... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्