काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ।
बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने अजेन्डा रहेको छ। एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ। त्यस्तै, सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत पाएकाले मन्त्रिपरिषद्मा पठाउने नामका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
१० सांसद रहेको एकीकृत समाजवादीबाट नयाँ सांसदहरूले मन्त्रीको आकांक्षा देखाएका छन्। त्यस्तै, पुराना नेताहरूलाई पनि मौका दिनुपर्ने दबाबमा अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।