काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले बैंक तथा विभिन्न वित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सीमा बढाउन माग गरेको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लघुवित्तको ऋणचक्रमा परेका विपन्न परिवारलाई ऋणमुक्त पार्न प्रभावकारी कदम चाल्नसमेत सरकारसँग माग गरेको छ।
साना किसान र साना व्यवसायीहरुको दुरावस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ।
महँगी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभावकारी कदम चाल्न तथा पुँजी बजारका लगानीकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसँग माग गरेको छ।
बैठकले संगठन विस्तारका क्रममा काठमाडौं उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने, प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने, अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन गर्ने कार्य योजना पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।