काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत प्रदान गर्ने प्रतिनिधि सभाका सदस्यहरुप्रति आभार व्यक्त गरेका छन्।
'तपाईंहरूले दिनुभएको विश्वासलाई उर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु', विश्वासको मत पाएपछि उनले ट्विट गरेका छन्।
सोमबार भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा १७२ मत पाएका थिए। उनको प्रस्तावको विपक्षमा ८९ मत खसेको थियो। मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो। मतदानमा २६२ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।