काठमाडौं- नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएकफ छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सो पार्टीका सांसद प्रेम सुवालले पार्टीको धारणा प्रष्ट पारेका हुन्।
सुवालले विभिन्न सवाल उठाउँदै प्रधानमन्त्रीको प्रतिबद्धता नआएको भन्दै विश्वासको मत नदिने बताएका हुन्। उनले विश्वासको मतले देश र जनताको हित नगर्ने बताए।
नेमकिपाले पुस २६ मा पनि विश्वासको मत दिएको थिएन। त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए। विपक्षमा २ मत खसेको थियो। विपक्षमा खसेको २ मतमध्ये एउटा नेमकिपाका सुवालकै थियो।
यसबीचमा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।