काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सत्ता पक्षको बेञ्चमा बस्दा नयाँ अनुभूति भएको बताएका छन्।
सोमबार दोस्रो दिन सत्ता पक्षमा बसेको भन्दै उनले सत्ता पक्षमा बस्दा नयाँ अनुभूति प्राप्त भएको बताए। प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका सन्दर्भमा आफ्नो पार्टीले साथ र सर्मथन दिने बताए।
उनले आफूहरूले अरु केही पनि नखोजेको मात्र न्याय खोजेको बताए। रेशम चौधरीसहित थुनामा रहेका मुद्दा लागेका टीकापुरका थारु अगुवालाई तुरुन्त रिहाइ गर्न उनले माग गरे।
उनले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।