काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता र गणतन्त्र रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन लागेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राउतले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए।
‘लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेका छौँ। संघीयता र गणतन्त्रको पुनर्स्थापनाका लागि उहाँले ठूलो बालिदानी दिनुभएको छ,’ राउतले भने, ‘ठूलो त्याग, तपस्या गर्दै, ठूलो आन्दोलनको नेतृत्व गर्नुभएको छ। त्यसको रक्षा गर्नका लागि उहाँलाई विश्वासको मत दिएका छौँ।’
यस्तै, तत्कालीन गठबन्धन सिद्धान्तका कारणले टुटेको राउतको ठहर छ। ‘कुनै विशेष परिस्थितिमा सिद्धान्त नमिलेकै कारणले र सिद्धान्त नमिलेका दलहरु एक ठाउँमा आइदिँदा यो परिस्थिति बनेको भन्ने मलाई लागेको छ,’ राउतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।