काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै भण्डारीले प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएको हुनाले आत्मसात् गर्दै विश्वासको मत दिने बताएका हुन्।
आफ्नो पार्टीले अघिल्लो पटक पनि विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसको निरन्तरता रहेको बताए। ‘त्यतिबेला विश्वासको मत दिएर विपक्षको बेञ्चमा बसेका थियौँ। अब सत्तापक्षको बेञ्चमा बसेका छौँ’, उनले भने।
आफूहरू पुस १० गते गठित गठबन्धनमा सहभागी नभएको तर, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।