काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै निर्वाचन सम्पन्न भएकाले अबको ध्यान राजनीतिक आरोप–प्रत्यारोपभन्दा विकासको काममा हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो सरकारले अप्ठारो अवस्थाामा देशलाई अघि बढाएको भन्दै अब आर्थिक विकासमा सरकार केन्द्रित हुनुपर्ने बताए।
तत्कालीन सरकारले भारतसँग विद्युत व्यापार थालेको थियो। उनले विप्रेषण बढेको र जलविद्युतको क्षेत्रमा धेरै काम भएको उनले बताए। उनले ट्रान्समिसन लाइन निर्माणको काम अघि बढेको पनि बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जनताले धेरै अपेक्षा गरेकाले दिगो विकास र संविधानको रक्षा आजको आवश्यकता भएको बताए। उनले देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने भन्दै त्यसमा सरकारले ध्यान दिनुपर्ने बताए।
उनले संक्रमणकालीन न्यायको विषयलाई अघि बढाउनुपर्ने भन्दै यसलाई आपसी सहमतिका आधारमा लैजानुपर्ने बताए। देउवाले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।