डडेल्धुरा- डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ। आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो।
सभापतिमा नेविसंघका दुर्गाप्रसाद भट्ट ३ सय १० मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सयुक्त गठबन्धनका तर्फबाट नेविसंघ बीपीका सभापतिका उम्मेदवार मदनबहादुर बोहराले १ सय ८ मत पाए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु गणेशबहादुर क्षेत्रीले ७० मत ल्याए।
यस्तै, सचिवमा पनि नेविसंघकै लोकेन्द्र बोहरा, कोषाध्यक्षमा देवकी तमौली र सदस्यहरूमा पूजाकुमारी बोगटी, महेश्वरी भण्डारी, सुरज विक, दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी भएका छन्। कुल ७९८ मतदातामध्ये ५ सय २३ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।