एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली (फाइल तस्बिर)
काठमाडौं– संघीय संसद्को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए।
‘एमालेलाई प्रचण्डप्रति विश्वासक छैन। हामी विश्वासको मत दिँदैनौं,’ संसदीय दलको बैठकमा ओलीले भने।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।