काठमाडौं- त्रि-चन्द्र बहुमुखी क्याम्पस, सरस्वती सदन घण्टाघरले स्ववियु निर्वाचनबारे निर्णय गर्नका वार्ता आह्वान गरेको छ।
त्रि-चन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सिलसिलामा असहज परिस्थिति उत्पन्न भई निर्वाचन प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै क्याम्पस प्रमुख प्राडा सुनिल अधिकारीले सर्वपक्षीय वार्ता आह्वान गरेका हुन्।
क्याम्पसमा उत्पन्न समस्याको समाधान वार्ता, छलफल र सहमतिबाट मात्रै हुने उल्लेख गर्दै सोमबार दिउँसो सोमबार ३ बजे क्याम्पस परिसरमा सर्वपक्षीय सामूहिक वार्ताका लागि आह्वान गरिएको हो। वार्तामा सहभागी भई स्ववियु निर्वाचन सफल पार्न सम्बन्धित सबै पक्षलाई अनुरोध समेत गरिएको छ।
त्रि-चन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।