काठमाडौं– काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन्।
सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन्।
नेपाल ल क्याम्पसमा कोषाध्यक्ष पदको मतगणना जारी छ। मतपरिणाम सार्वजनिक भएकामध्ये अधिकांश पदमा सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।