काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। निर्वाचन आयोगले आइतबार राष्ट्रपति कार्यलयमा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाएपछि सोमबारका लागि शपथ तय भएको हो।
राष्ट्रपति कार्यलय शीतलनिवास स्रोतका अनुसार नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ सोमबार बिहान १० बजे शीतलनिवासमा गर्नेगरी तयारी पूरा भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ ग्रहण गराउनेछन्।
जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।