काठमाडौं- बाजुराको बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को विषयलाई लिएर आइतबार अनेरास्ववियु र वाम लोकतान्त्रिक विद्यार्थी संगठनहरूबीच झटप भएको थियो। अनेरास्ववियुका कार्यकर्ताले आफूले मतदान गरिसकेपछि क्याम्पस माथिबाट ढुंगामुढा गरेको नेविसंघ बाजुराले आराोप लगाएको छ।
दुई पक्षको विवादका कारण स्ववियु निर्वाचन स्थगित गरिएको छ। झडपमा उत्रिएको समूहले हिमाली नगरपालिकाका व्यक्तिहरुको कोल्टीमा तीन वटा मोटरसाइकलमा आगजनी गरेका छन्।
आगजनीका कारण तीन वटै मोटरसाइकल पूर्ण पमा जलेर नष्ट भएका छन्। प्रहरीले स्थिति नियन्त्रण गर्न बुढीनन्दा गरपालिमा १,२ र ३ कर्फ्यु आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।