काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको छ।
आइतबार भएको त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले काठमाडौं उपत्यकाका सातवटा क्याम्पसहरूलाई भने छुन सकेन।
चैत ५ गते (आज) हुने भनिएको स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरूबीचको विवाद, तालाबन्दीका कारण स्ववियु निर्वाचन स्थगित गर्नु परेको त्रिवि खेलकुद विद्यार्थी कल्याण निर्देशनालयले जनाएको छ। स्थगन गरिएका क्याम्पसमा आगामी ८/९ गते निर्वाचन गरिने त्रिवि खेलकुद निर्देशनालयले जनाएको छ।
काठमाडौं उपत्यकाभित्र स्ववियु निर्वाचन हुन नसकेका यी हुन् त्रिविका आंगिक क्याम्पसहरू
१. त्रिचन्द्र क्याम्पस, घण्टाघर
२. अमृत साइन्स क्याम्पस (अस्कल)
३. रत्नराज्य क्याम्पस, प्रदर्शनी मार्ग
४.विश्वभाषा, प्रदर्शनी मार्ग
५. नेपाल कमर्स क्याम्पस, मीनभवन
६. आयुर्वेद क्याम्पस, कीर्तिपुर
७. पाटन क्याम्पस, ललितपुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।