काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरका चारवटा क्याम्पसमा अनेरास्ववियुले विजयी हासिल गरेको छ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचनमा जिल्लाका चारवटा क्याम्पसमा जित हासिल गरेको अनेरास्ववियुका महासचिव नरेस रोकायाले जानकारी दिए।
हटिया जनप्रिय बहुमुखी क्याम्पसमा मुना गोले, बंश गोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल, मनहरि बहुमुखी क्याम्पसमा कुमार घिसिङ र निर्मल बहुमुखी क्याम्पसमा सराज अर्याल स्ववियु सभापतिमा विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।