काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा श्यामराज ओझा विजयी भएका छन्।
१३ वटा इलेक्ट्रोनिक्स मेसिनबाट मतदान भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघका ओझा विजयी भएका हुन्।
उनले प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टलाई पराजित गरेका हुन्। निर्वाचित ओझाले ९६२ मत प्राप्त गरेका छन्। अनेरास्ववियुका विष्टले भने ६३१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।