काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको आरोप आलोच्य रहेको बताएका छन्। त्यसका लागि आलोचना गर्नुपर्ने पनि धारणा राखेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकबाट बाहिरेक्रममा शर्माले संचारकर्मीसँग उक्त कुरा बताएका हुन्।
‘नेपाल देशको सभामुखले देशको चौथो अंगका सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पल्ट पर्छ। उहाँले जे बोल्नु भएको छ त्यो गम्भीर नोटिसमा छ। त्यसप्रति हामी सबैको बिमति छ,’ शर्माले भने, ‘राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसपछि अधिकार भोगिरहेको मात्र हैन। यसका लागि आफैं संलग्न भएको हो। जे टिप्पणी आएको छ त्यो अत्यन्त आलोच्य छ। उहाँले त्यसका लागि आत्माओलोचना गर्नुपर्छ।’
घिमिरेले शनिबार नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको भेटघाटमा पत्रकारहरुमाथि दलाली गर्ने गरेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।