काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरुकै विश्वासको मत पाउने आशा राखेको बताएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमबार (भोलि) सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन्।
उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार शतप्रतिशत पुग्ने आशा व्यक्त गरे। उनले भने, ‘मैले आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’
प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।