काठमाडौं– गोविन्द शर्मा कोइराला (बन्दी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानव अधिकार सल्लाहकारबाट राजीनामा दिएका छन्।
उनले सल्लाहकारबाट राजीनामा दिएको प्ररधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले उक्त जिम्मेवारीका लागि धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेका छन्। उनलाई मन्त्रीस्तरीय सुविधा प्राप्त हुनेगरी सल्लाहकारमा नियुक्त गरिएको थियो।
फागुनको दोस्रो साता जेनेभामा भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा प्रधानमन्त्रीका तर्फबाट शान्ति तथा मानवअधिकार सल्लाहकारका रुपमा बन्दीले नेपालको नेतृत्व गर्दै सहभागीता जनाएका थिए।
उक्त बैठकमा तत्कालीन परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालको नेतृत्वमा नेपाली टोली जाने पूर्वतयारी थियो। तर, एमाले सरकारबाट बाहिरिने वातावरण बनेपछि प्रधानमन्त्री प्रचण्डले भ्रमणमा रोक लगाएका थिए।
बन्दी यसअघि कानुनमन्त्रीसमेत बनिसकेका छन्। कानुन व्यवसायी बन्दीले राजीनामापछि पुन: आफ्नै नियमित कर्ममा फर्किएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।