काठमाडौं– सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले संक्रमणकालीन ऐनसम्बन्धी विधेयकहरु अहिलेको सरकारको प्राथमिकता भएको बताएकी छन्।
प्रतिनिधि सभामा विधेयक पेस गर्दै उनले विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र द्वन्द्वकालका विषयमा भएका मानव अधिकार हननका घटना छानबिन गर्ने भनिएपछि नभएकाले सरकारले नयाँ विधेयक ल्याएको बताइन्।
‘अहिले जति उपलब्धि हासिल भएका छन् ति सबै विगतका आन्दोलनबाट सफल भएका हुन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक शान्ति सम्झौताबाट आएका हुन्,’ उनले भनिन्, ‘६ महिनामा समाधान गर्ने भनिएको तर किन हुन सकेन भन्ने सबैलाई थाहा भएको हो। यो महत्वपूर्ण विषय छिटै टुंग्याउनुपर्ने भएकाले संसद्मा पेस गरिएको हो।’
संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अहिलेको सरकारको प्राथमिकता रहेको भन्दै उनले अब यसलाई टुंगोमा पुर्याउनुपर्ने भएकाले यो विधेयक छिटै पारित हुनुपर्ने बताइन्।
विधेयक पेस गर्दै उनले यो विधेयक पेस गर्नुपर्ने आाधार र कारणसमेत प्रस्तुत गरिन्। विधेयक प्रधानमन्त्री कार्यालयका तर्फबाट पेस भएको हो। हाल दुवै आयोग पदाधिकारीविहीन रहेका छन्। उक्त विधेयक पारित भएपछि नयाँ पदाधिकारी सिफारिस हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।