काठमाडौं– नेपाली कांग्रेसका पूर्वउप–सभापति विमलेन्द्र निधीले सत्य निरुपण तथा मेलमिलाप विधेयक चाँडोभन्दा चाँडो अगाडि बढाएर कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै निधीले जसरी हुन्छ छिटोभन्दा छिटो कानुन निर्माण गर्न आवश्यक भएको बताएका हुन्।
उनले भने, ‘यसमा धेरै ढिला भइसक्यो। अब कसरी हुन्छ चाँडोभन्दा चाँडो कानुन निर्माण गर्न गरेर अघि बढाउँदै टुंग्याउनुपर्छ।’
सत्तारुढ दलहरुले यो विधेयक फास्ट ट्रयाकको माध्यमबाट अगाडि बढाउन खोजेको भन्दै उनले एमाले र राप्रपा लगायतका दलहरुले विरोध गरिरकाले विरोध गर्नुको कुनै तुक नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।