काठमाडौं– नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेर किसानलाई ज्यादती गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै बर्तौलाले उक्त आरोप लगाएका हुन्। उनले सरकारबाटै किसानहरुले यस प्रकारका ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्।
‘यो सरकार कस्को हो? कस्को लागि काम गरिरहेको छ। नेपालका किसानलाई एक बोरा मलसमेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड भाँचिनेगरी मलमा मूल्य वद्धि गरेको छ। मलमा दिँदै गरेको अनुदान कटौती गरेको छ,’ बर्तौलाले प्रश्न गर्दै भने, ‘कहिलेसम्म सरकारबाटै किसानले यसप्रकारमा ज्यादतीपूर्ण अन्याय सहनु पर्ने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।