काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
‘बैठकले विश्वासको मत दिने निर्णय गरेको छ। अबदेखि सत्ता पक्षमा बस्ने निर्णय गरेको छ। सरकारमा जाने नजाने भन्ने विषयमा टुंगोमा पुगिएको छैन। छलफल अगाडि बढाउने निर्णय गरेका छौँ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले भने दोस्रो पटक सोमबार विश्वासको मत लिँदै छन्। यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए। तर एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।