काठमाडौं– नेकपा एकीकृत समाजवादीले महासचिवमा घनश्याम भुसाललाई मनोनयन गरेको छ। आइतबार बसेको सचिवालयको बैठकले भुसाललाई महासचिवको जिम्मेवारी दिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
यसअघिका महासचिव बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाइएको उनको भनाइ छ।
गत निर्वाचनअघि घनश्याम एमाले परित्याग गरी स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका थिए। निर्वाचनमा पराजित भएका उनी पुस २९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।