काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासका मतका लागि ह्विप जारी गर्ने भएको छ।
आइतबार संघीय संसद् बानेश्वरस्थित लोत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिन लागेको विश्वासका मतका लागि ह्विप जारी गर्ने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन हाम्रो पार्टीले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको छ,’ पार्टीका प्रमुख सचेतक रमेश लेखकले भने।
यसअघि बिहान बसेको कांग्रेसको कर्यसम्पदान समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।