काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। आइतबार संसद् भवनस्थित ल्होत्ले हलमा बैठक सुरु भएको हो।
संसदीय दलको बैठकमा संसद्को बिजनेस र संसद्मा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ।
आज संसद्मा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।