काठमाडौं– नेपाली कांग्रेसले सरकारमा सहभागी हुनलाई मापदण्ड तय गरेको छ। कांग्रेसले मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरु छान्नका लागि समावेशी र प्रदेशिक सन्तुलन मिलाइने जनाएको छ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकले उक्त मापदण्ड तय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।
‘मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक प्रतिनिधित्त्वको क्राइटेरिया बनेको छ,’ महतले भने।
आइतबार बसेको बैठकबाट कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।