काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
कांग्रेसले विश्वासको मत दिनेसँगै सरकारमा सहभागी हुने निर्णय समेत गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएको निर्णय अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक समेत बस्दै छ। संसदीय दलको बैठक अहिले १२ बजे संघीय संसद् भवनमा नै बस्न लागेको छ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।