काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार)का लागि पार्टी संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने जनाइएको छ। बैठकमा आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।
कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। कार्यसम्पादन समितिको बैठक संघीय संसद् भवनको शंकर हलमा बिहान १०:३० बजे बस्ने जनाइएको छ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको लिन सम्बन्धमा छलफल हुने जनाइएको छ। यस्तै, समसायमिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते (सोमबार) प्रतिनिध सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि शनिबार बसेको सत्तपक्षीय १० दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।