काठमाडौं- राप्रपाको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए।
शनिबारको बैठकबाट पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।