काठमाडौं– सभामुख देवराज घिमिरे आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका छन्। सभामुख घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भएको भेटमा शुक्रबार दिएको अभिव्यक्तिलाई लिएर उनी विवादमा परेका हुन्।
सभामुख घिमिरेले पत्रकार महासंघका टोलीसँग पत्रकारहरू बिक्रीमा रहेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको छ। सामाजिक सञ्जालमा उनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै तत्काल सच्चाउन माग उठेपछि सचिवालयले त्यसको खण्डन गरेको छ।
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरेका थिए। मुलुकमा पीतपत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ थियो।
उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको सुनाएका थिए।
समाचार सार्वजनिक भएलगत्तै आलोचना बढेपछि सचिवालयले ध्यानार्षण भएको भन्दै सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध गरेको छ। प्रेस सल्लाहकार शेखर अधिकारीले विज्ञप्ति निकाल्दै सभामुखको बचाउ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।