काठमाडौं– उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ।
शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिस्पर्धी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो।
उनले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे।
प्रमाणपत्र प्रदान एवं नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो।
निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भए उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे। एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरे।
यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन्। यद्यपि, उनले आफ्नो उम्मेदवारी निस्क्रिय पारिसकेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।