काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्।
शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारका बारेमा पनि छलफल गर्ने बताए।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।