काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको रक्षाको निम्ती उभिने बताएका छन्।
शुक्रबार नेपाल विद्युत कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
‘हामी अर्घेल्याइँ गर्न चाहदैनौं। कसैका विरुद्ध केही गर्न चाहदैनौं। कसैका हितमा कुनै कुठाराघात गर्न चाहदैनौं, उनले भने, ‘एउटै सर्त हो। हामी हाम्रो राष्ट्रिय हितको पक्षमा उभिन्छौं। त्यसको रक्षाको पक्षमा उभिन्छौं। र, त्यसम अडिक रहन्छौं।’
अध्यक्ष ओलीले ऊर्जा व्यापारको सन्दर्भमा धेरै चिन्ता गर्नुपर्ने आवश्यकता नभएको प्रष्ट पारे। उनले ऊर्जा व्यापारको चिन्ता भन्दा ऊर्जा खपतको राष्ट्रिय अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।