काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई मतदान गर्दैछ। रास्वपाको अनौपचारिक बैठकले जसपा र एमालेको उम्मेदवारप्रति असहमति राख्दै जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरेको हो।
रास्वपाले राष्ट्रपति निर्वाचनमा सतारुढ दलका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गरेको थियो।
उपराष्ट्रपति निर्वाचनका बारेमा भने रास्वपाले पार्टीको पदाधिकारी र सांसदहरुको संयुक्त बैठक नै डाकेको थियो। तर निर्वाचन आयोगले बैठक गर्न दलहरुलाई रोक लगाएपछि मतदानस्थल संसद् भवनमै रास्वपाले अनौपचारिक रुपमा ममता झालाई मतदान गर्ने निर्णय गरेको जनाएको छ।
बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि मतदान जारी छ। ३ बजेसम्म हुने मतदानपछि आज साँझै नतिजा पनि सार्वजनिक गर्ने आयोगको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।