काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई भेट्न २०८४ पर्खिनु नपर्ने बताएका छन्। केही दिनअघि कांग्रेस महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्य २०८४ मा मात्र सम्भावना रहेको टिप्पणी गरेका थिए।
ओलीले थापालाई लक्षित गर्दै आफूहरु प्रतिपक्षी रहेकोले २०८४ सम्म पर्खिनु पर्ने कारण नरहेको भन्दै प्रतिप्रश्न समेत गरेका छन्। शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर निस्किने क्रममा ओलीले उक्त कुरा बताएका हुन्।
‘एक जना चर्का कांग्रेसले कति पछि उहाँसँग भेट हुन्छ भन्नु भएछ। प्रतिपक्षसँग भेट्न २०८४ पर्खिनु पर्छ? अहिले भेट भएको छैन?,’ ओलीले भने, ‘उहाँहरुको त्यो कुराले उहाँ भित्र ठूलो गडबढी देखिन्छ।’
गत हप्ता राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग बोल्दै थापाले एमालेसँगको सहकार्य २०८४ मा मात्र हुनसक्ने औँल्याएका थिए। ‘२०८४ मा त्यो सम्भावना हुन सक्छ। हामी बालकोट आउँछौं। प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।