काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता-गठबन्धनले उपराष्ट्रपति निर्वाचनमा साँठगाँठे प्रणाली स्थापित गर्न खोजेको आरोप लगाएका छन्।
प्रजातान्त्रिक प्रणालीमा निर्वाचन स्वभाविक रहे पनि अहिले साँठगाँठे प्रणाली रहेको ओलीले आरोप लगाएका छन्। उपराष्ट्रपति निर्वाचनका क्रममा मतदान गर्न शुक्रबार मतदन केन्द्र पुगेका ओलीले उक्त आरोप लगाएका हुन्।
‘प्रजातन्त्रमा जितहार हुन्छ। तर यो प्रजातान्त्रिक प्रणालीभन्दा पनि साँठगाँठे प्रणाली भयो,’ ओलीले भने, ‘यसमा कसले जित्छ। कसले हार्छ भन्ने कुरै भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।