• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रामसहाय यादवको राजनीतिक यात्रा: शिक्षकदेखि उपराष्ट्रपतिसम्म

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३, २०७९  १७:०८
1140x725
तस्बिर : निमेषजं राई/नेपाल लाइभ।

काठमाडौं- उपराष्ट्रपति पदमा निर्वाचित ५२ वर्षीय रामसहाय यादव मधेसमा सदाबहार नेताको रुपमा चिनिन्छन्। २०६० सालदेखि अनवरत रुपमा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट राजनीति गर्दै आएका यादव पछिल्ला दुई दशकमा भएका तीन वटा मधेस आन्दोलनका पर्दा पछाडिका प्रमुख पात्र समेत हुन्।

२०६३ माघ १ गते अन्तरिम संविधान जारी हुँदा त्यसमा संघीयता नसमटिएको भन्दै मधेसमा पहिलो पटक विद्रोह भयो। त्यो विद्रोहको नेतृत्व गरेको थियो, गैरराजनीतिक संगठन मधेसी जनअधिकार फोरमले। नवनिर्वाचित उपराष्ट्रपति यादव त्यतिबेला त्यही फोरमका केन्द्रीय सदस्य थिए भने उपेन्द्र यादवको प्रमुख हर्ताकर्ता पनि।

रामसहाय यादव र उपेन्द्र यादवका बीचमा २०५९ सालमा भेट भएको थियो। त्यसअघि शिक्षण पेसामा रहेका रामसहाय यादव सद्भावना पार्टीमा संलग्न थिए। २०४७ सालदेखि यादव सद्भावना पार्टीमा सक्रिय रहँदै शिक्षण पेसा गर्दै आएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, समयक्रमले उनलाई पूर्णकालीन राजनीतिमा डोर्‍यायो। २०६३ को मधेस आन्दोलनसँगै नेपालको राष्ट्रिय राजनीतिमा मधेसी जनअधिकार फोरम स्थापित हुन पुग्यो। त्यसपछि २०६४ फागुनमा यादव शिक्षण पेसा परित्याग गर्दै पूर्णकालीन राजनीतिमा होमिए।

हुन त उनले २०६० सालमा नै आफ्नै नेतृत्वमा फोरमको बारा जिल्ला तदर्थ समिति गठन गरेका थिए। २०६३ मा केन्द्रीय सदस्य भए। र, शिक्षण पेसाबाट औपचारिक रुपमा अलग भएसँगै २०६५ जेठदेखि फोरमको महासचिव बने। 

त्यसयता यादव लागातार उपेन्द्र यादव नेतृत्वको पार्टी महासचिवको भूमिकामा देखा परिरहे। उपेन्द्रको पार्टी समयक्रमसँगै विभिन्न दलसँग एकीकरण हुँदै, नाम परिर्वतन गर्दै जसपासम्म आइपुगेको छ। रामसहायको महासचिव पद भने कायमै छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि भने अब उनले पार्टी राजनीति त्याग्नु पर्नेछ।

सद्भावना पार्टीबाट मधेस राजनीतिमा हुँदा होस् वा फोरम हुँदै जसपासम्मको महासचिव, उनी लाभको पदमा भने कमै बसे। २०६४ को पहिलो संविधान सभा, २०७४ र २०७९ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव ४ मंसिरको निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा छोटो समय बन मन्त्री भएका थिए। 

पहिलो र दोस्रो संविधान सभाको बेलामा संविधानको मुद्दामा सक्रिय भएर लागेका यादव पार्टीको संगठनमा समेत विशेष दख्खल राख्ने नेतामा पर्छन्। पार्टी राजनीतिमा पनि उनले महासचिव तथा संगठन विभाग प्रमुख भएर काम गरि सकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान उनका अनुसार सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, काँग्रेसभित्र बारम्बार देखिने भागबन्डा केन्द्रित प्रतिस्पर्धाले संगठनलाई कमजोर बनाइरह... बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो । बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्