काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेता एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एसले कति वटा मन्त्रालय लिने भन्नेबारे छलफल नभएको प्रष्ट पारेका छन्।
शुक्रबार उपराष्ट्रपतिको निर्वाचनका क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले वर्तमान प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिइसकेपछि मात्रै सरकार विस्तार हुने बताए। उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने भन्नुभएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।’
नेतृत्वको बारेमा पनि छलफल नभएको र कति वटा मन्त्रालय लिने भन्नेबारे पनि आफ्नो पार्टीमा छलफल नभएको उनले बताए। आफ्नो पार्टीले तीन वटा मन्त्रालय नघट्ने गरी दाबी गर्ने बताउँदै उनले भने, ‘राष्ट्रपति कांग्रेसले रोज्यो। प्रधानमन्त्री माओवादीले रोज्यो। उपराष्ट्रपति जसपाले रोज्यो। अहिलेको समीकरण भित्रको चौथो ठूलो दल हो हामी। त्यही भएर बाँकी रहेका मन्त्रालय हामीले रोज्छौं।’ उनले एक नम्बरमा गृह मन्त्रालय आफ्नो पार्टीको रोजाइ रहने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।