काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले तीन वटा मन्त्रालयमा दावी गरेको छ। उसले अर्थ वा गृहसहित, शहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालय दावी गरेको छ।
उपराष्ट्रपति निर्वाचनका लागि मतदान गर्न शुक्रबार मतदान केन्द्र पुगेका सो पार्टीका सांसद मेटमणि चौधरीले उक्त दावी गरेका हुन्। चौधरीले सत्ता साझेदार दलमा उक्त विषयमा लगभग सहमति जुटेको पनि बताए।
‘अर्थ वा गृहसहित तीन वटा मन्त्रालय हामी लिन्छौँ। हाम्रो अर्थ र गृहमध्ये एउटा, शहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालय हुन्छ। हाम्रो फाइनल लाइन नै यही हो,’ चौधरीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।