काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती विधेयक संसद्को यही अधिवेशनमा संसदमा पेस हुने बताएका छन्। उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न बानेश्वर पुगेका मन्त्री मोदीले विधेयक अन्तिम चरणमा रहेकाले केही समयभित्र संसद्मा दर्ता हुने दाबी गरे। उनले सरोकारवाला कर्मचारी, ट्रेड युनियन र अन्य सरोकारवालासँग छलफल गरेर विधेयक तयार गरिहेको बताए।
‘अहिले संघीय निजामती विधेयक टेवल गर्ने तयारीमा छौँ,’ उनले भने, ‘हामी विधेयकको अन्तिम तयारीमा छौँ। यसलाई केही दिनभित्र संसद्मा लगेर पारित गराउँछौँ। ’
मन्त्रिपरिषद् परिवर्तन हुँदा हाल रहेका मन्त्रीहरु कायम रहन्छन् कि परिवर्तन हुन्छन् भन्ने पत्रकारको प्रश्नमा मन्त्री मोदीले त्यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गर्ने बताए। मन्त्री हटाउने वा नहटाउने विषय प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गरे मन्त्री मोदीले जिम्मेवारीमा रहँदासम्म आफूले काम गर्ने बताए।
आफूले सामान्य प्रशासन मन्त्रालयमा आएपछि धेरै सुधार गरेको दाबी गर्दै मन्त्री मोदीले दुर्गममा पनि कर्मचारी जाने, निमित्त प्रमुख प्रशासकिय अधिकृत नराख्ने जस्ता धेरै सुधार गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।