काठमाडौं- उपराष्ट्रपतिका लागि शुक्रबार बिहानबाट मतदान भइरहेको छ। नयाँ उपराष्ट्रपतिका लागि जसपाको तर्फबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन्। यीमध्ये २ उम्मेदवारले आफूलाई मतदान गर्न पाउने छैनन् भने एक उम्मेदवारले आफूलाई मत हाल्न पाउनेछन्।
संघीय सांसद र प्रदेश सांसद मतदाता रहने यो निर्वाचनमा शाक्य र झा सांसद नरहेकाले मतदानमा सहभागी हुने छैनन्। तर यादव भने जसपाबाट निर्वाचित सांसद हुन्। उनी प्रतिनिधि सभाका लागि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
शाक्य भने संविधान सभा सदस्य तथा बागमी प्रदेशको मुख्यमन्त्री समेत भएकी थिइन्। उनले मंसिर ४ को निर्वाचनमा भने उम्मेदवारी दिन अस्वीकार गरेकी थिइन्।
ममता झा भने वैशाख ३० को स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकामा मेयर पदको प्रत्यासी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।