काठमाडौं– जसपा नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा गठबन्धनको सर्वसम्मत उम्मेदवार आफैं भएको बताएका छन्।
शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनुहुनेछ।’
आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने उनले बताए। ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ। म राष्ट्रिय एकताको प्रवर्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ। म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु,’ उनले भने।
१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।