काठमाडौं– उपराष्ट्रपतिमा कसलाई मत दिन भन्नेबारे निर्णय गर्न बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा रास्वपाका पदाधिकारी र संसदीय दलको बैठक बोलाइएको थियो।
निर्वाचन आचारसंहिताका कारण उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा औपचारिक निर्णय गर्न नमिल्ने भएपछि बैठक स्थगित गरिएको छ।
निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको उक्त पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो। उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट रामसहाय प्रसाद यादव, ममता झा र प्रमिला कुमारी उम्मेदवार छन्। नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।